बैतडीको झुलाघाट नाका खोल्न नेपाल पक्ष तयार
बैतडी: बैतडीको झुलाघाट नाका खोल्नका लागि नेपाल पक्ष तयार भएपनि भारतीय पक्ष तयार भएको छैन।
अहिले अत्यावश्यक आवतजावतका लागि नाका खोलिएको भएपनि भारतीय पक्षबाट नाका नखुलेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।
नेपाल सरकारको निर्णय अनुसार झुलाघाट नाकालाई खोल्नका आफूहरुले भारतीय पक्षलाई पत्राचार गरिसकेको उनले बताए।
झुलाघाट नाका पूर्णरुपमा खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारी आन्दोलित भएका छन्। तर नाकामा अत्यावश्यक कामले मात्रै आवतजावत गर्न दिने हिसाबले नाका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।