फेरि घट्यो सुनको मूल्य
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ। छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो।
प्रतितोला ९०० ले आज ओरालो लागी ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ।
यसैगरी चाँदी प्रतितोला ५० ले घटेको छ। प्रतितोला एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको छ।