सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका चितुवा पीडित परिवारलाई आर्थिक सहयोग

। फोटो स्रोत ।
२०७७ पुष ८, ०६:५० खबर संवाददाता

धनगढी : बैतडीका चितुवा पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । 

जिल्लाको शिवनाथ गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्यु भएका परिवार र चितुवा मार्ने क्रममा घाइते भएकालाई राहत एवम् उपचार खर्च सहयोग गरेकोे हो । 

गत कार्तिक २४ गते चितुवाको आक्रमणबाट ज्यान गुमाएकी सो गाउँपालिकाको वडा नम्बर ४ बगराकी माया महताको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको बताइएको छ । 

त्यसैगरी नरभक्षी चितुवा मार्ने क्रममा घाइते भएका रामसिंह महता, कृष्णसिंह महता, सुरेन्द्रसिंह महता र अर्जुनसिंह महतालाई उपचारार्थ २०/२० हजारको चेक प्रदान गरिएको बताइएको छ ।


 

कमेन्ट लोड गर्नुस