बैतडीको डिलाशैनीमा लकडाउन खुल्यो
२०७७ पुष ७, ०७:२७
धनगढी : बैतडीको डिलाशैनी गाउँपालिकामा गरिएको लकडाउन खुलेको छ ।
गत मङ्सिर १६ गतेदेखि गरिएको लकडाउन सोमबारबाट खुलेको हो । गाउँपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउन गरेको थियो ।
लकडाउन खुलेसँगै गाउँपालिकाका सम्पूर्ण सेवाहरू सुचारु भएको बताइएको छ ।
कमेन्ट लोड गर्नुस