संसद विघटनको विरोधमा बैतडीमा पनि प्रदर्शन
बैतडी: संसद् विघटनको गरेको विरोधमा बैतडीमा पनि प्रदर्शन गरिएको छ। नेपाल विद्यार्थी संघले सोमबार बैतडीको पाटनमा विरोध जुलुस निकालेको हो।
प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेर लोकतन्त्रमाथि नै खतरा उत्पन्न गराएकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ बैतडीका सभापति कपील केसीले बताए।
नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयबाट सुरु भएको र्याली पाटन चौराहा पुगेर कोणसभामा परिणत भएको थियो।
लोकतान्त्रिक गणतन्त्रमाथि नै धावा बोल्ने र सर्वसत्तावादी चिन्तनका साथ संसद विघटन गरेकाले आफूहरु सडकमा आएको केसीले बताए।