सुदूर नेपाललाई विश्वसँग जोड्दै

उकालो लाग्यो सुनको मूल्य

२०७७ पुष ६, ०५:२८ रासस

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ ।

छापावाला सुन आज प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ८५० रुपैयाँले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सो धातु आइतबार प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला आज एक हजार ३२० रुपैयाँमा कारोवार भएको छ । आइतबार सो धातु एक हजार २८० रुपैयाँमा कारोवार भएको थियो ।

कमेन्ट लोड गर्नुस