सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ९ वटा छाउगोठ भत्काइयो, अभियान दोस्रो चरणमा

२०७७ पुष ५, ०७:३३ खबर संवाददाता

अछामः अछाममा ९ वटा छाउगोठ भत्काइएको छ । शनिबार मंगलसेनबाट गएको टोलीले दोश्रो चरणको पहिलो दिनमा पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले निरीक्षणका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका २ वडामा चेतनामुलक कार्यक्रम समेत गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायले अभियान दोस्रो चरणमा प्रवेश गरेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सेना, प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापा, नापी अधिकृत धर्मराज ओझा, बारलाका वडा अध्यक्ष ताराप्रसाद।खनाल, नेकपाका नेता नन्द शाही, नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव रामबहादुर शाही लगाएतको सहभागिता रहेको थियो । 


 

कमेन्ट लोड गर्नुस