बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्युु, एक घाइते
धनगढी: बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
जिल्लाको मेलौली नगरपालिका–९ स्थित भित्री सडकखण्डको असुर्पाबाट मेलौलीतर्फ जाँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
दुर्घटनामा परी कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी सामान्य घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर सडकबाट सय मिटर तल खसेको बताइएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन।