सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ७१० जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु

२०७७ पुष ४, ०४:४६ खबर संवाददाता

धनगढी : नेपालमा थप ७ सय १० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण गर्दा ७ सय १० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ। 

शनिबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्। 

शनिबार मात्र १ हजार १ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ।      

कमेन्ट लोड गर्नुस