सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा प्रयोगशाला र प्रसुति सेवा केन्द्र स्थापना

२०७७ पुष ४, ०४:३६ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौडीमा नगरपालिकामा प्रयोगशाला र प्रसुति सेवा केन्द्र स्थापना भएको छ। नगरपालिकाको वडा नम्बर ४ स्थित भटना स्वास्थ्य चौकीमा प्रयोगशाला र सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरिएको हो। 

नगरपालिकाको जनशक्ति व्यवस्थापन र उपकरण उपलब्ध गराएपछि प्रयोगशाला र प्रसुति गृह सञ्चालनमा आएको भटना स्वास्थ्य चौकीका इञ्चार्ज रोहित धानुकले जानकारी दिए।  आधारभुत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले प्रयोगशालाको स्थापना गरिएको उनले बताए। 

प्रयोगशाला स्थापना भएपछि  जिल्ला सदरमुकाम तथा डडेल्धुरा धाउनपर्ने बाध्यता हटेको विश्वास लिइएको छ। 

भटनामा यो सहित ४ वटा प्रसुति सेवा केन्द्र स्थापना भइसकेका छन्।

कमेन्ट लोड गर्नुस