सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

२०७७ पुष ३, ०३:१३

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा फेला परेकी महिलाको पहिचान खुलेको छ।

ती महिला दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उलानीका ४० वर्षीया सरिता धामी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

सरिता बिहीबार बिहान घरबाट बेपत्ता भएकी परिवारले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

कमेन्ट लोड गर्नुस