सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा आईसीयू सेवा सुरु

२०७७ पुष ३, ०१:३५ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुराले आईसीयूसहितको उपचार सेवा सुरु गरेको छ। शुक्रबारदेखि अस्पतालले ११ वेडको आइसीयू र ६ वटा भेन्टिलेटरसहितको उपचार सेवा थपेको बताइएको छ। 

संघीय सरकारको बजेटमा १५ वटा आइसीयू सञ्चालन गर्ने भनिए तापनि भवन अभावका कारण हाललाई ११ वेडको आईसीयू सेवा सुरु गरेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए। स्थापना भएको ११ वेडको आइसीयू सञ्चालनका लागि जनशक्ति समेत उपलब्ध रहेको उनले बताए।

संघीय सरकारले आईसीयू सेवा विस्तारका लागि ३ करोडको बजेट उपलब्ध गराएको थियो। 

अस्पतालले आईसीयू सेवा सञ्चालन गर्दा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीहरुलाई सहज हुने विश्वास लिइएको छ। 


 

कमेन्ट लोड गर्नुस