सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चिसाेले कठ्याङ्ग्रिएर एकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ पुष ३, ०१:१७ रासस

बाजुरा : बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्र्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ। 

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए। आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस