अछाममा थप २६ जनामा कोरोना पुष्टि
अछामः अछामका थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार कमलबजार प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार मंगलसेन नगरपालिकाका १९ जना, सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाका २ जना, यस्तै कमलबजार नगरपालिका, बान्नीगढी जयगढ, आठबिस, चौरपाठी गाउँपालिका र कैलालीको घोडाघोडीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ।