सुदूरपश्चिम आन्तरिक पर्यटन पुनरुत्थान समितिमा १० जना छनोट
धनगढीःनेपाल पर्यटन बोर्डको सुदूरपश्चिम आन्तरिक पर्यटन पुनरुत्थान समितिमा १० जना छनोट भएका छन।
आन्तरिक पर्यटन पुनरुत्थान समितिको प्रस्तावमा थप १० जना सदस्य छनोट गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डकाअनुसार कैलालीमा कमल बम, टीकापुरका थर्क शाह, कञ्चनपुरका रामसिंह ठगुन्ना, डडेल्धुराका बिनोद जोशी पुनरुत्थान समितिको सदस्यमा छनोट भएका छन।
यस्तै दार्चुलाका चक्रसिंह ह्याकी, बैतडीका बासु भट्ट, बझाङका दानसिंह सुर्माली, अछामका दीपक रावल, बाजुराका निमेन्द्र शाही र डोटीका केपी साउँद पनि पुनरुत्थान समितिको सदस्यमा चयन भएका छन।
यसअघी आन्तरिक पर्यटन पुनरुत्थान समितिको प्रदेश संयाजकमा मायाप्रकाश भट्ट चयन भएका थिए।