सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’

२०७७ मंसिर २८, ०२:४९ खबर संवाददाता

धनगढी: सरकारले गरेको बाचा पूरा नभएपछि सर्लाहीका उखु किसानहरुले पुन: काठमाडौं आइपुगेका छन्।

उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै उनीहरूले माइतीघरमा आन्दोलन सुरु गरेका हुन। 

चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन्।

किसानहरु ‘उखुबाट चिनी बन्छ गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’, ‘बिर्काेमा लाकाे चिनीमा कसरी पस्याे माफिया ?’, ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सोनो छ देश, ठूलो छ सरकार अटेन किसान’ भन्ने लगायतका नारा लेखेका पम्पलेटसहित प्रशर्नमा उत्रिएका छन्।

 

कमेन्ट लोड गर्नुस