सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सीमा नाकाको झोलुंगे पुल खुलाउन दुवैतर्फका व्यापारीले दबाव दिने

२०७७ मंसिर २८, ०२:०४ नरेन्द्र कार्की

दार्चुला: दार्चुला उद्योग वाणिज्य संघ र प्रान्तिय उद्योग व्यापार प्रतिनिधि मण्डल उत्तराखण्ड, धार्चुलाका व्यापारीहरु सीमा नाकाको झोलुंगे पुल खुलाउन दबाव दिने भएका छन्।

दुवै क्षेत्रका उद्योग व्यवसायीहरुको धार्चुलामा बसेको संयुक्त बैठकले ९ महिनादेखि सीमा पुल बन्द हुँदा व्यापारी, उपभोक्ता, विद्यार्थी, कर्मचारी सबै मार्कामा परेको भन्दै झोलुंगे पुल नियमित खुलाउन दबाव दिने भएका हुन्। 

दुवैतर्फका व्यापारीहरुले जिल्ला प्रशासन कार्यालयलाई पुल खुलाउने विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।

धार्चुलाका व्यापारीहरुले एसडिएम कार्यालयमार्फत र दार्चुला उद्योग वाणिज्य संघले जिल्ला प्रशासनलाई पुल खुलाउने विषयमा दबाव दिने सहमति गरेका हुन्।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस