बैतडीका थप ५ जनामा कोरोना संक्रमण
२०७७ मंसिर २८, ०१:५३
बैतडी: आइतबार बैतडीका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५२ जनाको परीक्षणमा गर्दा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिका–६ का ३ पुरुष र २ महिला रहेका छन्। योसंगै बैतडीमा कोरोना संक्रमितको संख्या ५ सय ९० पुगेको छ।
कमेन्ट लोड गर्नुस