पेट्रोलियम पदार्थको मूल्य वृद्धि
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मटितेलमा २ रुपैयाँ प्रति लिटरले मूल्य बढेको नेपाल आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले बताए ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ८ रुपैयाँ पुगेको छ । डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । डिसेम्बर १ मा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको मुल्य बढेर हो। स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले बताएको छ ।
भिर बाट लडेर आमाको उपचार धनगढीमा संभव नभएर तत्काल काठमाडौं शिक्षण अस्पताल रिफर गरिएको यस कठिन जटिल परिस्थितिमा नेपाली सेनाको जहाज बाट काठमाडौं लग्न सहयोग गर्नु हुने नेपाल सरकार गृह मन्त्रालय माननीय गृहमन्त्री ज्यु, संघीय सांसद माननीय दामोदर भण्डारी ज्यु बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशि ज्यु, आफन्तजन तथा नेपाली सेनाको रेस्किउ टिम प्रती हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्न चाहान्छु । शिघ्र स्वास्थ लाभ को कामना आमा