सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुरुकुल एकेडेमीले एलपिएलको उपविजेता पुरस्कार प्रायोजन गर्ने

२०७७ मंसिर २७, ०८:२१ खबर संवाददाता

धनगढीः धनगढीमा हुने ५औँ लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगिताको उपविजेता पुरस्कारको प्रायोजन धनगढीको गुरुकुल एकेडेमीले गर्ने भएको छ ।

फागुन तेस्रो साता धनगढीमा हुने प्रतियोगिताका लागि प्रायोजकको खोजी थालिएको हो । लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्को आयोजनामा हुने प्रतियोगिताको आयोजकका तर्फबाट संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही र गुरुकुल एकेडेमीका तर्फबाट संस्थापक दीपक सुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 

प्रतियोगिताको दोस्रो संस्करणदेखि एकेडेमीले निरन्तर प्रतियोगितामा सहयोग गर्दै आएको उनले बताए । क्रिकेटको जग बसाल्न थालिएको प्रतियोगितामा आफुहरुले योगदान गरिरहेको गुरुकुल एकेडेमीका संस्थापक दीपक सुरीले बताए । आफु पनि पूर्व क्रिकेट खेलाडी भएकाले एलपिएल क्रिकेटरहरुको प्लेटफर्म भएकोले सक्दो सहयोग गरिरहेको उनको भनाई छ ।

गुरुकुल एकेडेमी धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको छ । एकेडेमीले ३ पटक अन्तराष्ट्रिय स्कुल अवार्ड पनि जितिसकेको छ । 


 

कमेन्ट लोड गर्नुस