सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकालाई एमवाइसीको उपाधि

२०७७ मंसिर २७, ०६:३३ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिकाले एमवाइसी पहिलो भेट्रान कप २०७७ को उपाधि हात पारेको छ ।

धनगढी उपमहानगरपालिका–१२, मनकामना युवा क्लबको आयोजनामा भएको पहिलो भेट्रान फुटबल प्रतियोगितामा आयोजक क्लब मनकामना युवा क्लबलाई शुन्यको विरुद्ध २ गोलले परारजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगिता जिते सँगै कैलारीले नगद ४० हजार सहित प्रमाणपत्र, ट्रफी हात पारेको कैलारी स्मार्ट क्लबका सचिव लक्ष्मी दहितले बताए । उपविजेता आयोजक मनकामनाले नगद २० हजार सहित प्रमाणपत्र र ट्रफी हात पारको हो ।

मंसिर २० गतेबाट सुरु भएको प्रतियोगितालाई निसर्ग अस्पताल धनगलीले मुख्य प्रायोजन गरेको थियो ।
 

कमेन्ट लोड गर्नुस