सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पीएम कपका लागि सुदूरपश्चिम टोली छनोट प्रतियोगिता सुरु

२०७७ मंसिर २७, ०३:१० खबर संवाददाता

धनगढी: प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा टोली छनोट प्रतियोगिता सुरु भएको छ।

शनिबारदेखि कञ्चनपुरमा प्रदेशको पुरुष टोली प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको हो।

कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल मैदानमा प्रतिनिधि सभा सदस्य डाक्टर दीपक प्रकाश भट्टले प्रतियोगिताको उद्घाटन गरेका छन्। 

पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए। 

महिला टोलीको सुदूरपश्चिम छनोट अगामी पुस ४ गतेदेखि कैलालीको धनगढीमा शुरु हुने जनाइएको छ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ।

प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस