कञ्चनपुरका नेपाली काँग्रेसका नेता विष्टलाई कोरोना
धनगढी : कञ्चनपुरका नेपाली काँग्रेसका नेता दिवान सिंह विष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको उनले बताए ।
साथै उनकी पत्नी कमला विष्टलाई पनि कोरोना पोजिटिभ देखिएको नेता विष्टले बताएका छन् । आफूहरु दुबैजना होमआइसोलेशनमा रहेको उनले बताए ।
आफूलाई हल्का टाउको दुख्ने लक्षण मात्र देखिएको र कमलालाई ज्वरो आउने, टाउको, जीउ दुख्ने, खोकी लाग्ने लक्षण देखिएको बताएका छन्।
सो जिल्लाको बेलौरी नगरपालिकाका विष्ट संविधान सभा सदस्य एवम् नेपाली काँग्रेस पर्टीका महासमिति सदस्य हुन् ।