सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ढुंगाले छोपेका अवस्थामा भेटियो नवजात शिशुको शव

२०७७ मंसिर २५, ०२:१३ खबर संवाददाता

धनगढी : बैतडीमा नवजात शिशुको शव फेला परेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ सेटिगाउँमा बुधबार साँझ शव फेला परेको हो। 

उक्त शव स्थानीयले ढुंगाले छोपेका अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। त्यसपछि घटनाबारे खबर आएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। ‘शव भेटिएपछि परीक्षण गरेर आज(विहीबार) व्यवस्थापन गरिएको छ। त्यसबारे अनुसन्धान गरिरहेका छौ’ उनले भने। 

कसैले अवैध गर्भपतन गराएर शव फालेको हुनसक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। 

कमेन्ट लोड गर्नुस