सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

। फोटो स्रोत ।
२०७७ मंसिर २५, ०८:०७ रासस

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । 

पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । 

सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ । उनका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसैबीच वडाले १० जना किसानलाई जनही एक/एक वटा  हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी १० जना किसानलाई उक्त हजारी निःशुल्क वितरण गरिएको हो ।

कमेन्ट लोड गर्नुस