सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलम्पिक वुमेन्स कमिशन यौन दुव्र्यवहार र छाउप्रथाविरुद्ध उभिने

२०७७ मंसिर २५, ०७:०५ रासस

काठमाडौँ : नेपाल ओलम्पिक कमिटीअन्तर्गत ज्योति राणाका अध्यक्षतामा वुमेन्स कमिशनको ११ सदस्यीय समिति गठन भएको छ ।

कमिशनका अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिशन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गरे । 

कमिशनका अन्य सदस्यमा विमला पौडेल, हेल्गा राणा, नन्दा बस्याल, प्रमिलासिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमाडोल्मा लामा  र गीता श्रेष्ठ रहेका छन् ।

सो अवसरमा अध्यक्ष राणाले कमिशनले महिला खेलाडीको हितमा आवाज उठाउने तथा महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने र छाउप्रथाबारे चेतनामूलक कार्यक्रम गर्ने जनाएकी हुन् ।

कमेन्ट लोड गर्नुस