सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका बेपत्ता ५ वर्षीय बालकको अवस्था ४८ घण्टादेखि अज्ञात

२०७७ मंसिर २४, ०८:४० खबर संवाददाता

धनगढीः धनगढीबाट बेपत्ता भएका ५ वर्षीय बालकको अवस्था ४८ घण्टादेखि अज्ञात रहेको छ। 

धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँका ५ वर्षीय बालक आयुष राना सोमबार साँझदेखि घरबाट बेपत्ता भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बालकको खोजी कार्य जारी राखिएपनि अवस्थाबारे कुनै कुरा थाहा हुन नसकेको जानकारी दिए। 

राधा रानाका छोरा आयुष बुवाको मृत्युपछि घरमा बजैसँग बस्दै आएपनि सोमबारदेखि उनी हराएका थिए। 

राधा अर्कैसँग विवाह गरेर गएदेखि नै बालक बजैसँग बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ। सोमबार आमा समेत कैलाली गाउँमा आएको बुझिएकाले बालकलाई लिएर गएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 

तर आमाको बारेमा समेत केही नखुलेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ। 

 
 

कमेन्ट लोड गर्नुस