सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १३८२ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

२०७७ मंसिर २३, ०४:४५ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जना कोरोना संक्रमित भेटिएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ।

आज १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस