सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ३ महिने आधारभूत ब्यूटीसीयन तालीम सुरु

२०७७ मंसिर २३, ०३:५६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा ३ महिने आधारभूत ब्यूटीसीयन तालीम सुरु भएको छ। ‘सिप सिकौंं स्वरोजगार बनौं’ भन्ने मूल नाराका साथ अमरगढी नगरपालिका अन्र्तगतका २० जना युवतीहरुको सहभागितामा मंगलबारदेखि तालीम सुरु भएको हो। 

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरामा आवेदन परेका मध्ये २० जना छनौट गरी तालीम सुरु गरेको कार्यालय प्रमुख केशव भण्डारीले बताए। 

कार्यालयले उद्यमी तालीम दिने विगतको शैली परिवर्तन गरी यस वर्षदेखि पहिले ईच्छुक आवेदकलाई उद्यमशिलता तालीम दिने, त्यसपछि सिप सिकाउने र आवश्यक भए उपकरण तथा प्रविधी हस्तान्तरणसहित व्यवसायिक उद्यमी उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस