धनगढीका ५ वर्षीय बालक बेपत्ता
धनगढीः धनगढीबाट बालक बेपत्ता भएका छन्।
धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँबाट ५ वर्षीय बालक सोमबार साँझदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर रोकायाले स्थानीय राधा रानाका ५ वर्षीय छोरा सोमबार साँझदेखि वेपत्ता भएको बताए।
उनका अनुसार बेपत्ता बालकको खोजी कार्य जारी राखिएको छ। तर अहिले सम्म फेला परेका छैनन्।
बुवाको मृत्यु भइसकेको र आमा अर्कैसँग विवाह गरेर गएपछि बालक बजैसँग बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
सोमबार आमा समेत कैलाली गाउँमा आएकाले उनले नै छोरालाई लिएर गएको हुनसक्ने आशंका गरिएको छ।
तर उनी कहाँ बस्छिन् भन्ने नखुलेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ।