सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोनाबाट मृत्यु भएका बृद्धको शव व्यवस्थापन

२०७७ मंसिर २२, ०४:५५ खबर संवाददाता

धनगढीः कोरोनाबाट मृत्यु भएका एक जना बृद्धको शव सोमबार व्यवस्थापन गरिएको छ ।

सेती प्रादशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका २ का ७५ वर्षीय पुरुषको शव अन्त्येष्टि गरिएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार सुगरका विरामी समेत रहेका उनीमा कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । 

मंसिर १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना भाइरस पुष्टि भएको थियो । उनको सोमबार विहान साढे ७ बजे मृत्यु भएको हो ।

कमेन्ट लोड गर्नुस