सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा एक युवती घाइते

२०७७ मंसिर २२, ११:३५ रासस

धनगढी : धनगढीमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा एक युवती घाइते भएकी छिन् ।

उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित धनगढी रिङरोडमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा १७ वर्षीया युवती मनिषा श्रीमाल घाइते भएकी हुन् ।

भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्रयाक्टर र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

उनका अनुसार श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र सोही ठाउँ बस्ने ३० वर्षीय चालक सन्जिव रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

कमेन्ट लोड गर्नुस