सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

२०७७ मंसिर २१, ०९:३६ खबर संवाददाता

धनगढी : धेरैले जन्मदिन होटल र रेष्टुरेन्टमा मनाईरहेका बेला एक युवाले भने मानव सेवा आश्रममा जन्मदिन मनाएका छन । 

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६, होलेसैनमा आमा धौलीदेबी छेडाल र बुवा यकम बहादूर छेडालको कोखबाट जन्मीएका चिरन्जीवी छेडालले आफ्नो २८औँ जन्म दिन मानव सेवा आश्रम धनगढीमा मनाएका हुन् । उनले  मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन । उनको बसाइ कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा  छ ।

२०७६ सालमा स्थापना भएको मानव सेवा आश्रम धनगढीमा हाल ४१ जना अनाथ, असाहाय, तथा अभिभावक विहिन मानिस रहेको र ३२ जना असाहाय मानिसहरुलाई घर पठाईसकेको मानव सेवा आश्रम कैलालीका संयोजक अच्यूत घिर्मिरेले बताए । 
 

कमेन्ट लोड गर्नुस