सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला हिंसाको चित्रण गरिएको नाटक ‘वीररुपा’ प्रदर्शन

२०७७ मंसिर २१, ०७:०० खबर संवाददाता

धनगढी : शनिबार मण्डला थिएटरमा ‘वीररुपा’को प्रदर्शन भएको छ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको शिलशिलामा महिला, शान्ति सुरक्षाका सवालमा केन्द्रीत वीररुपा प्रदर्शन गरिएको हाे। 

नाटकले समाजमा व्याप्त महिला हिंसाका घटनाहरुलाई विभिन्न ४ पात्रको जीवन भोगाइमार्फत प्रस्तुत गरेको छ। 

नाटकमा महिला हिंसा अन्त्य गर्न तथा लैंगिक समानता कायम गर्नका लागि नितिगत सुधार भएपनि कार्यन्वयनको पक्ष कमजोर रहेको यर्थाथता प्रस्तुत गरिएको छ।

नाटकका निर्देशक राजन खतिवडा नाटक महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा सरोकारवालाहरुलाई थप संवेदनशिल बनाउने र यसैका माध्यमबाट महिला अधिकारको वकालत गर्ने उद्धेश्यबाट प्रेरित भएको बताए।  

नाटकमा १२ जना थिएटर कलाकाहरुको अभिनय रहेको थियो। सङघीय सांसद तथा प्रदेश सभाका सांसदहरु, अभियन्ता, रंगकर्मी तथा सञ्चारकर्मीसहित ४ सय भन्दा बढीले अनलाइनमा उक्त नाटक अवलोकन गरेका छन्। 

अनलाइनमार्फत प्रदर्शन गरिएको नाटक हेरिसकेपछि सङघय सांसद गगनकुमार थापाले नाटक यर्थाथमा आधारित भएको धारणा राखे।

लैंगिक समानताका लागि पछिल्लो समय केहि आशा लाग्दा प्रयासहरु सुरु भएको उल्लेख गर्दै नेता थापाले यस्ता कार्यक्रमहरु निति निर्माताहरुलाई खबरदारीका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे।  

कार्यक्रमका सहभागीहरुले यस्ता चेतनामुलक नाटकहरु एउटा कार्यक्रममा सिमित नगरी देशका विभिन्न क्षेत्रमा निरन्तर प्रदर्शनको आवश्यकता रहेको बताएका थिए।  

कार्यक्रम यूएनडिपिको संसद सहयोग परियोजनाको सहयोग र स्पेस तथा मण्डला थिएटरको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। 

कमेन्ट लोड गर्नुस