सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा पुरुषको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर २१, ०३:४६ खबर संवाददाता

डोटी: डोटीमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाकोे पुर्विचौकी गाउँपालिका–७ को गोजेडास्थित जंगलमा ४० वर्षीय देवबहादुर साउदको शव फेला परेको हो।

गत १२ गते रोजगारीका लागि भारत हिँडेका साउद शव आइतबार कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए। 
 

कमेन्ट लोड गर्नुस