सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लेकम गाउँपालिका कार्यालय र वडा कार्यालयमा तालाबन्दी

२०७७ मंसिर २१, ०३:४० खबर संवाददाता

दार्चुला: दार्चुलाको लेकम गाउँपालिकाको कार्यालय तथा वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी गरिएको छ।

वडा नम्बर ४ का स्थानीयहरुले विभिन्न मागहरु राख्दै आइतबार वडा कार्यालय र गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष मेहेन्द्रराज जोशीले बताए। 

३ दिन पहिले नै वडा नम्बर ४ का स्थानीयहरुले विभिन्न मागहरु राख्दै वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएको तथा उनीहरुको माग सम्बोधन गर्न गाउँपालिकाकासँग अुरोध गर्दापनि वेवास्ता  गरिएपछि तालाबन्दी गर्नुपरेको वडा अध्यक्ष जोशीले बताए। 

स्थानीयहरुले लेकम गाउँपालिकाकाको वडा नम्बर ४ को पाथीहुदै गइरहेको केन्द्रीय प्रसारण लाईन बिस्तार हुनुपर्ने, गल्लाकेदार मावि खरकडाको विद्यालय भवनमा रहेको अस्थाई प्रहरी पोष्ट हटाउनुपर्ने तथा दिउसो ३ बजेपछि हराउने नेटवर्क समाधान गर्नुपर्ने माग राखेका छन्। 

कमेन्ट लोड गर्नुस