सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिप दुर्घटनाः वडा सचिवसहित ३ जनाको मृत्यु, ५ घाइते

२०७७ मंसिर २१, ०६:५९ खबर संवाददाता

धनगढीः डोटीमा जिप दुर्घटना हुँदा एक जना वडासचिव सहित ३ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ मा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका ७ की वडासचिव मन्जु त्रिपाठी, त्रिपाठीकै सासु (नाम नखुलेको) र के आइ सिंह गाउँपालिकाका ४० वर्षका हरि नायारण भट्टको मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले दिनेशखबरलाई बताए ।

चालकसहित घाइते भएका ५ जनालाई उपचारको लागि दिपायल पठाइएको जनाइएको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

कमेन्ट लोड गर्नुस