सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल कम्यूनिष्ट पार्टी (विप्लव)द्धारा धनगढीमा ११ कट्ठा जमिन कब्जा

२०७७ मंसिर २०, ०९:४२ खबर संवाददाता

धनगढीः नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) समुहले धनगढीमा व्याक्तीको नाममा रहेको जमिन कब्जा गरेको छ ।

प्रतिबन्धिन पार्टीको थारुवान स्वायत्त प्रदेश कैलाली जिल्ला जनपरिषदले शेखमुनिर खानको नाममा रहेको ११ कट्ठा १० धुर जमिन कब्जा गरिएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का भोजराज वि.कको जमिन खानले प्रलोभनमा पारेर आफ्नो नाममा पास गराएको भन्दै जमिन कब्जा गरिएको पार्टीले जनाएको छ । भोजराजले अदालतबाट न्याय नपाएको भन्दै पार्टीको न्याय तथा कानून विभागमा निवेदन दिएका थिए । 


 

कमेन्ट लोड गर्नुस