सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद आलेमगर कोरोना मुक्त

२०७७ मंसिर २०, ०९:२२ रासस

नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित  सङ्घीय सांसद प्रेमबहादुर आलेमगर कोरोनामुक्त भएका छन ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि हेम्स अस्पताल काठमाडौँको आइसोलेसन वार्डमा भर्ना भएका सांसद आलेमगरको आज परीक्षण गरिएको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाइ घर पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

कोरोना सङ्क्रमण नेगेटिभ पुष्टि भएसँगै स्वास्थ्यमा सुधार भएको उनले बताए । उनले भने, “कोरोना सङ्क्रमण देखिँदा स्वास्थ्यमा समेत केही असहज महसुस तथा समस्या भएको थियो, उपचारपछि सुधार हुँदै गएको छ ।” उनी केही हप्ता पहिले विभिन्न गाउँको भ्रमणमा निस्किएका थिए ।
 

कमेन्ट लोड गर्नुस