सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७० पुग्यो

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर १९, ०७:३१ खबर संवाददाता

बैतडीमा कोरोना संक्रमितको संख्या ५७० पुगेको छ । शुक्रबार थप एक जनामा कोरोना देखिएपछि बैतडीमा कोरोना संक्रमितको संख्या ५७० पुगेको हो । 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दोगडाकेदार गाउँपालिका ६ का ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

५७० जना मध्ये ६५ जना  सक्रिय संक्रमित रहेका छन् । भने ५०४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

कमेन्ट लोड गर्नुस