सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरपालिकामा लकडाउन

२०७७ मंसिर १९, ०३:०१ खबर संवाददाता

बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा लकडाउनको घोषणा गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको घोषणा गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकामा संक्रमण फैलिन नदिन मंसिर २२ गतेसम्मका लागि लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।  लकडाउनको अवधिभर वडा कार्यालय र  नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहने जनाइएको छ । 

यस्तै छोटो तथा लामोदुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै विद्यालय बन्द गर्नुका साथै भिडभाड हुने किसिमका सम्पूृर्ण क्रियाकलापमा रोक लगाइएको छ । 

बैंक तथा बित्तीय संस्थाहरुले पनि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गरिरहेका छन । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने नगरपालिकाले जनाएको छ ।

कमेन्ट लोड गर्नुस