सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप १३ को मृत्यु

२०७७ मंसिर १८, ०५:५४ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १३ जनाको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५५१ पुगेको छ। बितेको २४ घण्टामा नौ हजार २८९ नमूना परीक्षण गर्दा ८०९ पुरुष र ५३४ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

प्रदेश नं १ मा २८२, प्रदेश नं २ मा ५१, वाग्मतीमा ६५१, गण्डकीमा १४७, लुम्बिनीमा १५४, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ४४ सङ्क्रमित थपिएका छन्। आज दुई हजार १११ कोरोनामुक्त भएका छन्। नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २० हजार २७२ पुगेको छ। कोरोना निको हुने दर ९२.७ प्रतिशत पुगेको छ। 

सङ्क्रमितमध्ये १० हजार २७१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएका छ। तीन सय ८८ जनाको सघन उपचार कक्ष र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मनाङ र डोल्पा कोरोनामुक्त भएका छन् भने झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर र कास्कीमा ५०० बढी सक्रिय सङ्क्रमित रहेका छन्।

कमेन्ट लोड गर्नुस