सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकालाई १२ हजार थान भिटिएम हस्तान्तरण

२०७७ मंसिर १७, ०८:०८ खबर संवाददाता

कोईका र बेटर वर्ल्डको सहयोगमा होप ब्रिजले धनगढी उपमहानगरपालिकालाई पीसीआर परीक्षणका लागि १२ हजार थान भिटिएम प्रदान गरेको छ ।

होप ब्रिजका सुदूर पश्चिम प्रादेशिक प्रमुख महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडलाई आज ११ हजार थान भिटिएम हस्तान्तरण गरेका हुन् ।

यसअघि होप ब्रिजका तर्फबाट एक हजार भिटिएम किट प्रदान गरिएको प्रदेश प्रमुख बमले जानकारी दिए ।

भिटिएमको अभाव भैरहेका बेला होपब्रिजले गरेको सहयोगले राहत पुग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

होपब्रिज प्रदेश संयोजक महेन्द्र बमले उपमहानगरपालिकामै पुगेर भिटिएम सहयोग गरेको नगरप्रमुख वडले बताए । 
 

कमेन्ट लोड गर्नुस