सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १४९० जनामा कोरोना संक्रमण, ९ संक्रमितको मृत्यु

२०७७ मंसिर १७, ०४:५९ खबर संवाददाता

धनगढी: नेपालमा थप १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

कमेन्ट लोड गर्नुस