सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको प्रहरीचौकीमै झडप, ६ जना पक्राउ, एकजना घाइते

२०७७ मंसिर १७, ०४:४९ खबर संवाददाता

बैतडी: बैतडीको एक प्रहरी चौकीमा २ समुहबीच झडप भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो। 

स्थानीय गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्काएको निहँुमा दुई समुहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको बताइएको छ। 

झडपमा परी पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। घाइतेलाई उपचारका लागि धनगढी रेफर गरिएको उनले बताए।

प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार चौकीमा झडप गर्नेमध्ये ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस