सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा

२०७७ मंसिर १७, ०३:३१ खबर संवाददाता

धनगढी: प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ।

गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।  व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। 

पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस।’

पुल उद्घाटनमा विवाद हुँदा कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरेको छ। 

कमेन्ट लोड गर्नुस