सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि

२०७७ मंसिर १७, १२:०४ रासस

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो  लागेको छ ।

छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ९१ हजार रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । 

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० रुपैयाँमा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोवार भएको छ ।

चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।  

कमेन्ट लोड गर्नुस