सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ मा थप १७९ जना कोरोना सङ्क्रमित, ९२ निको भए

२०७७ मंसिर १७, ०६:१८ रासस

प्रदेश  १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा यो प्रदेशमा ८३५ जनाको पिसीआर परीक्षण गरिएकामा ५५ महिलासहित १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ५३ मध्ये विराटनगरमा ४०, सुनसरीका ३८, झापाका ६२, इलामका १०, पाँचथर र तेह्रथुमका दुई÷दुई, ताप्लेजुङ, उदयपुर र धनकुटाका एक÷एक तथा प्रदेश बाहिरका नौ जना रहेका छन् । 

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । प्रदेशमा मंगलबार ९२ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार ३७७ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार २६१ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस