सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका थप १७ जनामा कोरोना पुष्टि

२०७७ मंसिर १६, ०५:३७ खबर संवाददाता

बैतडी: बैतडीमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको हो।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनामा कार्यरत ४ जना, सशस्त्र प्रहरीमा कार्यरत २ जना, दशरथचन्द नगरपालिकाका ४ जना र डिलाशैनी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

जिल्ला अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण भएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो। यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पुर्चौंडी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५६८ पुगेको छ। 

कमेन्ट लोड गर्नुस