सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो सुनको मूल्य

२०७७ मंसिर १६, ०३:२६ रासस

काठमाडौँ: स्थानीय बजारमा आज  पहेँलो धातुको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ।  सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० ले वृद्धि भई ९० हजार ५०० पुगेको छ। 

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुन पनि प्रतितोला ५०० ले वृद्धि भएको हो। यस्तै चाँदी प्रतितोला एक हजार १५५ मा कारोवार भएको छ। 

सोमबार प्रतितोला एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा ३५ ले वृद्धि भएको हो।

कमेन्ट लोड गर्नुस